
भजनी । कैलालीको जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माण भएको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भएको जलविद्युत् ट्रान्सफर्मरमा समस्या आएपछि एक महिनादेखि बन्द अवस्थामा रहेको हो ।
विद्युत् गृहको ३३ केभी पिटी ट्रान्सफर्मर जलेपछि विद्युत् उत्पादन एक महिनादेखि बन्द छ । जलेको सामान नेपाल बाहिरबाट ल्याउनुपर्ने हुँदा पुनः सञ्चालन गर्न समय लागेको बताइएको छ । ‘नेपालमा सामान पाइएन । भारतमा पनि उत्पादन गरेरै ल्याउनुपर्ने भएको हुँदा समय लागेको हो’ तुन्दी निर्माण कम्पनीका उदयराज पोख्रेलले भन्नुभयो– ‘पहिलेको पुरानो सामानको स्याम्पल पठाएपछि मात्रै सामान बन्यो । अब एक साताभित्र सामान पुग्ने भनिएको छ । सामान जडान गरेर पुनः विद्युत् उत्पादनलाई निरन्तरता दिन्छौँ ।’
पाँचपटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको निर्माण कम्पनीले अझै पनि क्षमता अनुसारको विद्युत् उत्पादन गर्न सकेको छैन । चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि अहिले तीन दशमलव १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो । तीनवटा युनिटबाट विद्युत् उत्पादन गर्न सकिने भए पनि दुईवटा युनिटबाट मात्रै विद्युत् उत्पादन हुँदै आएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिनुभयो ।
‘पूर्णरुपमा अझै विद्युत् उत्पादन हुन सकेको छैन । क्षमताअनुसार विद्युत् उत्पादन भएपछि मात्रै त्यसको स्वामित्व सिँचाइ आयोजनाले ग्रहण गर्छ’ सूचना अधिकारी पौडेल भन्नुहुन्छ– ‘आउने पुससम्म निर्माण कम्पनीको सम्झौता अनुसारको समय छ । त्यो अवधिसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेको छ ।’
त्यस क्षेत्रबाट उत्पादन भएको विद्युत् २०८० फागुनमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । ३३ केभी लम्की सब स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको निर्माण कम्पनीका साइट इन्चार्ज पोख्रेल बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न