
म्याग्दी। म्याग्दीको बेनीमा एक दशकपछि नागिनी लुकाउने नाच देखाइएको छ ।
नेपाल भाषा मंका खःल र ल्याम पुुचको अगुुवाइमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा करिब एक दशकपछि नाच देखाइएको ल्यामः पुचका पूर्वअध्यक्ष सुवीन श्रेष्ठले जानकारी दिनुभयो । “नागानागिनी नाच बर्सेनि देखाउँदै आए पनि नागिनी लुकाएपछि नागाले देखाउने चरित्रलाई प्रदर्शन गर्ने नृत्य भने एक दशकपछि यसपाली देखाइएको हो”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताले यसको महत्व बुझून् र सिकून् भनेर धेरै वर्षपछि नाच देखाएका हौँ ।”
नागानागिनी नाचमा दुुईजना कलाकार आवश्यक पर्छ । दुुवै जना पुुरुषमध्ये एकजनाले महिलाको कपडा पहिरिएर अभिनय गर्छन् । अनुुहारमा मुुखुुन्डो लगाएका पुुरुष कलाकारले धोती लगाउँछन् । जनैपूर्णिमा र गाईजात्राका दिन दिवङ्गत नेवार समुुदायको घर अगाडि सापारुसँगै नागानागिनी नाच प्रदर्शन गर्ने चलन छ । नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ ।
बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठकानुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ । “नागा र नागिनीले एकअर्कालाई माया प्रेममा परीक्षण गर्न खोजेको अभिनय गर्छन्”, उहाँले भन्नुुभयो, “श्रीमान श्रीमतीबीच विश्वास भयो भने परिवार सफल हुन्छ भन्ने सन्देश नागानागिनी नाचमार्फत प्रवाहको प्रयास हुुन्छ ।”
नाचका क्रममा नागालाई अरू नागिनीहरूले एकअर्कालाई परीक्षण गर्न आकर्षित गर्न खोज्ने र नागिनी पनि अरू पुुरुषसँग नजिकिएको अभियन गर्छन् । नाचको अन्तिम समयमा नागिनीलाई लुकाइन्छ । दुवै जनाले पारिवारिक अविश्वास सिर्जना भएको महसुस गर्छन् र सम्बन्धलाई सुधार गरेर विश्वास कायम गर्दै नाचको अन्त्य हुने संस्कृतिकर्मी श्रेष्ठले बताउनुुभयो ।
नेवार संस्कृतिमध्ये बर्खे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तीजसम्म बेनी बजारमा विभिन्न नाच देखाउने प्रचलन छ । एक महिनासम्म देखाइने बर्खे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई बर्खे नाचमा देखाउने गरिन्छ ।
बर्खे नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश यो नाचबाट दिने गरिएको जानकारहरू बताउँछन् । बेनी बजारमा तीन सय वर्षअघि बस्ती बसेदेखि नै बर्खे नाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायको अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’