
भक्तपुर । मध्यपुरथिमी नगरपालिका-७ नगदेशमा मौलिक महाकाली प्याखँ (नृत्य) पाँच वर्षपछि पहिलो पटक भोलिदेखि प्रदर्शन हुने भएको छ ।
विभिन्न १६ देवीदेवताको मुकुन्डो र पोशाक लगाएर तान्त्रिक विधि पूरागरी नाचिने महाकाली प्याखँ भोलि भदौ ५ गते साँझ ६ बजेदेखि शुरु हुनेछ । मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतका बाजाको संयुक्त तालमा नाचिने प्याखँमा महाकाली १, महादेवी १, महालक्ष्मी १, देवी १, वेताल ४, भूत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ गरी १६ देवीदेवताको प्रतीकका रुपमा नाचिने गरिन्छ ।
यस वर्ष महाकालीको भूमिकामा प्रनिश ज्यापु, महादेवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डङ्गोल, सिंहमा रोनित तको, बेतालमा अविन कालु, शैलेश ज्यापु, रोनप बाडे र विप्लप साझ्या, भूत भैरवमा निरोज बाडे र दिपेश बाडे, कवाँमा एरिन अवाल र क्षितिज बाडे, ख्याकमा रोजिन सलाजू र रिदेश तको, माकमा अभियान तको र अविक अवाल मुकुण्डो तथा पोशाक लगाएर नाच नाच्नेछन् ।
यस्तै वाद्यवादन समूह गरी ५० जनाभन्दा बढी कलाकारको सक्रिय सहभागिता रहने यो प्याखँ दैनिक करिब चार घन्टाका दरले नगदेशका विभिन्न टोलमा प्रदर्शन गरिन्छ । महाकालीमा विभिन्न २१ ताल रहेको र विभिन्न फरकफरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देविको एकल नाच पनि प्रदर्शनी हुनेछ ।
नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ ।
पहिलो दिन ५ गते साँझ ६ बजेदेखि नाचिने यो नाच नगदेशका लाछी ९गणेश मन्दिर अगाडि०, दोस्रो दिन भदौ ६ गते नगदशेको वाहाननी, तेस्रो दिन भदौ ७ गते छ्वास त्वाः र अन्तिम दिन भदौ ८ गते साँझ ६ बजेदेखि नगदेशको सम्पूर्ण क्षेत्रमा प्रदर्शन गर्नुका साथै मोसी र सगुन ग्रहण गरिने भएको छ ।
मध्यपुरथिमीलाई भूतप्रेत, पिचास र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको महाकाली, भैलः (भैरव), लाय्कु भैलः प्याखँ प्रत्येक वर्षको परम्परा शुरु भएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’