
काठमाडौँ । सांसद तुलसाकुमारी दाहालले काठमाडौँका विभिन्न मेनपावर कम्पनीबाट साउदी अरब पुगेका नेपालीले त्यहाँ जानुभन्दा पहिला तोकिएको काम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो– ‘फ्रि टिकट र फ्रि भिसामा पठाएको भनिए पनि मेनपावर कम्पनीले एकजनाबाट १ लाख ६० हजार रुपैयाँसम्म लिएको पीडितको गुनासो छ, तर उनीहरुले विदेशमा पुगेर काम पनि पाएका छैनन्, यसबारे सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्नुपर्छ ।’
सांसद इन्दिरादेवी गौतमले सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो– ‘जलवायु परिवर्तनबाट जोखिम बढ्दो रुपमा देखिन थालेको छ, जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण गर्न ‘हिमाल जोगाउँ अभियान’लाई प्रभावकारी बनाउनुपर्छ ।’
सांसद जगप्रसाद शर्माले देशको ठूलो समस्याका रुपमा भूमि समस्या रहेको भन्दै त्यसको जतिसक्दो चाँडो सरकारले समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । ‘यो समस्यालाई समाधान गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छ, हाम्रो देशमा रहेको भूमिको समस्या सामाधान गर्न प्रत्येक बन्ने सरकारले विभिन्न आयोग बनाउने गर्छन्, ती आयोगमा राजनीतिक हस्तक्षेप हुनाले राम्ररी काम नगरेको अवस्था छ, भूमि आयोग गत चैत ८ गते विघटन भएपछि हालसम्म बन्न सकेको छैन, भूमि आयोगलाई अगाडि बढाएर प्रतिजग्गामा सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न सरकारले सोच्नुपर्छ’ उहाँले भन्नुभयो ।
सांसद तारामान सुनुवारले बाढीपहिरो, सडक दुर्घटना, हवाई दुर्घटना र हिमताल फुट्दा ठूलो जनधनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । ‘पछिल्लो समयमा दुर्घटना हुँदा सयौँले ज्यान गुमाएका छन्, दुर्घटनाका कारण खोजी गर्नुपछ साथै समयमै रोकथाम गर्न सरकारसँग आग्रह गर्छु’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’