+

चाडपर्व नजिकिएसँगै ढाडै सेक्ने गरी मूल्यवृद्धि

काठमाडौँ । चाडपर्व नजिकिएसँगै हरेक वस्तुमा उपभोक्ताको ढाडै सेक्ने गरी मूल्यवृद्धि भएको छ । केहीदिन अघिसम्म २३ सय रुपैयाँ पर्ने २५  किलोको जिरामसिनो चामलको भाउ अहिले २५ सय २५ रुपैयाँ पुगेको छ । 

बजारमा आलु र प्याज र गोलभेडासहित विभिन्न तरकारीको भाउ अचाक्ली वृद्धि भएको छ । गत सातासम्म प्रतिधार्नी १ सय ५० रुपैयाँ रहेको आलुको भाउ अहिले प्रतिधार्नी १ सय ८० रुपैयाँ भएको छ । प्याज गत साताको तुलामामा किलोमा २० रुपैयाँँ भएको छ । केहीससम्म ५० रुपैयाँ किलो रहेको गोलभेडाको मूल्य अहिले ह्वात्तै बढेर १ सय २० रुपैयाँ भएको छ ।  खाद्यायन्न र तरकारीमा बिनाकारण बिचौलिया र दलालहरुले चाडपर्वको मुखमा यसरी मूल्यवृद्धि गर्दा सरकार भने यसप्रति मौन देखिन्छ । 

आर्थिक वर्ष २०८० र ८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो । राष्ट्र बैङ्कका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो । गत आवमा  विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर  १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । 

 शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ ।  सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ ।

गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ८ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुमा रहेको कूल निक्षेप  ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा  ५० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट