+

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । 

नगरपालिकाको वडा नम्बर ३ बरमझियामा आज पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले पूर्वबाट पश्चिम आउँदै गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।  

दुर्घटना मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने  ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार त्यही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 महेशको घटनास्थलमा नै मृत्यु भएको  प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार  दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा ट्याङ्कर चालक सिरहाको कर्जना नगरपालिका–३ का  ३२ वर्षीय मिथलेश यादव घाइते भएका छन् । उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट