
कञ्चनपुर । ‘कोशिस गर्नेहरुको हार कहिल्यै हुदैन’ भन्ने भनाइ शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आउनु भएका २८ वर्षीय रमेशबहादुर रावलको जीवनमा चरितार्थ हुन्छ ।अठार वर्षको उमेरमै होटल व्यवसाय सञ्चालन गरेका रावल मिहिनेती व्यवसायीका रुपमा परिचित छन् । विहान ६ बजेदेखि साँझ ९ बजेसम्म रावलको होटलमै ग्राहकको सेवा सत्कारमा वित्ने गरेको छ ।
उहाँले होटल व्यवसाय सञ्चालन गरी दैनिक ३० हजार रुपैयाँ बढीको कारोवार गर्दै आउनु भएको छ । होटलमा कार्यरत कामदारको ज्याला, आवश्यक खाद्य सामग्री लगायतको खर्च कटाएर ५ हजार देखि ७ हजारसम्म रावलले दैनिक आम्दानी गर्दै आएका छन । नम्र स्वभावका रावलको होटेलमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी, यातायात क्षेत्रमा काम गर्ने व्यक्ति ग्राहकका रुपमा रहने गर्दछन । ‘महिनामा २० देखि २५ लाख सम्म रुपैयँँको होटलबाट कारोवार हुने गरेको छ’ उहाँले भन्नुभयो– ‘त्यसबाट २ लाख रुपैयाँ जति महिनाको आम्दानी हुन्छ ।’
होटेलको कमाईबाटै रावलले घर खर्च संगै औषधोपचार, लुगाफाटो, खाद्यान्न लगायतको व्यवस्था मिलाउदै आएका छन । होटेल व्यवसायको शुरुवात रमेशका बुवा धन बहादुरले विसं २०६५ साल देखि शुरु गरेका हुन । १० हजार रुपैयाँ लगानी गरी खोलिएको होटलमा रावलले हाल २५ लाख रुपैयाँ लगानी गरेका छन । ‘चिनजानका व्यक्तिहरुबाट ऋणका रुपमा र सापटी रकम लिएर बुवाले होटलको शुरुवात गरेका हुन’ उहाँले भन्नुभयो– ‘थोरै लगानी हुदा ग्राहक शुरुमा कमै मात्रै आउथे, आम्दानी पनि थोरै थियो, घर खर्च चलाउनै मुश्किल थियो, शहरीकरण बढदै गएपछि होटेलमा खाना खान र नास्ता गर्नका लागि ग्राहक थपिदै जादा आम्दानी बढयो ।’
‘बुवाले पुरानै तरिकाले होटल सञ्चालन गर्दा थोरै ग्राहक आउने भएकाले समय अनुसार होटललाई नयाँ व्यवस्थापन गरी लैजानु पर्छ भन्ने सोच पलायो त्यही अनुरुप होटल सञ्चालन गरेपछि ग्राहकले खाना र नास्ता रुचाउन थाले, त्यसपछि आम्दानी पनि बढदै गएको छ’ उहाँले भन्नुभयो । होटलमा गरिएको लगानी आम्दानी भएको रकमबाट थप्दै अगाडी बढाउदै लग्दै आएको उहाँ बताउनुहुन्छ । अरुलाई होटल व्यवसाय गरी सहज जीवनयापन गरेको देख्दै आएपछि यसै पेशाप्रतिको लगाव बढदै आएको उहाँ बताउनुहुन्छ ।
स्थानीयवासी हेमराज पाण्डेयले अन्य होटेलको तुलनामा सफा सुग्घर र सस्तो रुपमा खानाका परिकार पाईने भएकाले खाना खानका लागि रावलले सञ्चालन गरेको होटेललाई रोजेको बताउनु भयो । ‘ग्राहक पुग्दा मुस्कुराउने, नम्र स्वभावमा कुरा गर्ने होटल सञ्चालकको बानीले लोभ्यायो’ उहाँले भन्नभयो– ‘खानाका परिकार घरमा बनाईने जस्तै मौलिक पाइने भएकाले यहाँ पुग्छु ।’
होटल व्यवसायसंगै रावलले स्नातक व्यवस्थापन संकाय अन्र्तगतको शिक्षा पनि हासिल गरेका छन । होटलकै कमाईबाटै झलारी बजारमै ५० लाख रुपैयाँ बढी पर्ने एक कठ्ठा जग्गा खरिद गरी त्यसमा १० कोठे पक्कि घर निर्माण गरेका छन । होटल व्यवसायसंगै रावल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर लाग्ने गरेका छन । दिन दुखीलाई उहाँले आर्थिक सहयोग गर्दै आएका छन् ।
कञ्चनपुर होटल व्यवसायी संघका उहाँ कार्यसमिति सदस्य हुनुहुन्छ । शुक्लाफाटाँ उद्योग बाणिज्य संघका सदस्य रहेका छन । ‘प्लस टु पास गरेपछि युवाहरु विदेशीने लहर चलेको छ’ उहाँले भन्नुभयो– ‘कमाई गर्नकै लागि विदेश जानुनै पर्दैन, लगनशिल भएर कार्य गरे विदेशको भन्दा बढी कमाई स्वदेशमै गर्न सकिन्छ । त्यसका लागि धैर्यता चाहिन्छ, ग्राहको विश्वास जित्न सक्नु पर्छ, इमान्दारीतापूर्वक जुनसुकै कार्य गरेपनि महिनामा गतिलो कमाई गर्न सकिन्छ’ उहाँ भन्नुहुन्छ । रावलको जस्तै पूर्व पश्चिम राजमार्ग क्षेत्रको झलारीमा होटल व्यवसाय सञ्चालन गरेका अन्य व्यवसायीको पनि आम्दानी मनग्यनै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’