
भक्तपुर । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको सनाखत भएको छ । मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिनुभएको छ ।
दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुने व्यक्ति पुरूष रहेको बताएको थियो।
शुक्रबार बिहान मृतकका श्रीमतीसहितका आफन्तहरू उपस्थित भएर शव सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिनुभएको छ । ‘उहाँहरू बिहान आइपुग्नुभयो र सनाखत गर्नुभयो,’ डिएसपी कार्कीले भन्नुभयो । शव सनाखतपछि अब पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने छ ।
बिहीबार काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोहीतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको थियो। ट्रक चालक सर्लाहीका सतेन्द्र श्रेष्ठ पक्राउ परेका छन्। दुर्घटनापछि बिहीबार दिनभर गठ्ठाघर तनावग्रस्त बनेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै