
भक्तपुर । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा मृत्यु भएकि भनिएकि सुष्मा नेपाली प्रहरी सम्पर्कमा आएकि छन् । यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौँको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार उक्त शव आफ्नो बहिनी सुष्मा नेपालीको हो भन्दै एक जना व्यक्ति प्रहरीकहाँ आएका थिए । तर पछि सुष्मा नेपाली नै सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको थियो ।
प्रहरी स्वयंले दुर्घटनामा महिलाको मृत्यु भएको सूचना दिएपछि दिनभरी मूलधारका मिडियाले प्रहरीलाई उत्रृत गरेर महिलाको मृत्यु भन्नै समाचार प्रवाह गरिरहे । तर साँझ भक्तपुर प्रहरीले मृतक पुरुष भएको अर्को सूचना संप्रेसण गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति पुरुष रहेका छन् । प्रहरीले यसअघि मृतक व्यक्ति महिला रहेको बताएको थियो। गलत सूचना फैलियो। मृतक पुरुष नै हो, उहाँले भन्नुभयो ।
दुर्टटना भएको स्कुटरबाट उत्तम कोइराला नामको बिलबुक भेटिएको छ। मृतक पनि उनै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। कोइराला ओखलढुंगा निवासी रहेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँस कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार ट्रकले ती व्यक्तिलाई घिसार्दै परसम्म पुर्याएको थियो। उक्त घटनापछि गठ्ठाघर क्षेत्र ३ घण्टा भन्दा धेरै समय तनावग्रस्त बनेको थियो।
भीड नियन्त्रणमा लिएपछि प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको थियो । प्रवक्ता कार्कीका अनुसार ट्रक चालक सर्लाहीका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै