
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताको प्रसङ्गै नचलेको बताएको छ ।
एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको तयारी भइरहेको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित हुन थालेपछि समाजवादीका उपमहासचिव तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले त्यसबारे प्रष्ट्याउनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन दिँदै एकताको प्रयास गरिरहेको समाचार प्रकाशित गर्दै आएका छन् ।
माओवादी निकट विभिन्न अनलाइनले नियोजित रुपमै यस्ता अनर्गल समाचार धारा प्रवाह रुपमा प्रकाशित गर्न थालेपछि समाजवादीका प्रवक्ता खचिवडाले पूर्वप्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच विभिन्न पटकभएका भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिसहित विविध पक्षमा छलफल हुँदै आएको तर एकताको प्रसङ्ग अहिलेसम्म नचलेको प्रष्ट्याउनु भएको हो ।
‘कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन, कम्युनिष्ट पार्टीबीच समसामयिक राजनीतिक परिस्थितिको विविध पक्षमा समीक्षा गर्न छलफल चालिरहेको हो’ प्रवक्ता खतिवडाले भन्नुभएको छ– ‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुबीच न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो। त्यो भन्दा बढी केही भएको छैन ।’
प्रवक्ता खतिवडाले एकीकृत समाजवादी र माओवादी केन्द्रको राजनीतिक विचार फरक फरक भएकाले अहिलेकै अवस्था एकता हुन नसक्ने समेत प्रष्ट्याउनु भएको छ ।
सबै राजनीतिक दलका आआफ्ना आर्यनीति हुन्छन्, त्यसमा हामी बहकिन हुँदैन’ उहाँले भन्नुभएको छ – हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो। कम्युनिष्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ। कलम चुनाव चिन्ह हाम्रो विशेष परिचय हो , यो परिचयलाई मेट्ने गरी पार्टी कुनै काम गर्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै