
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारमा रहेका मन्त्रीहरुको मर्यादाक्रममा हेरफेर भएको छ । मन्त्रीहरुको यसअघि तय भएको मर्यादाक्रममा हेरफेर गरिएको हो ।
सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा मंगलबार सांसदसमक्ष पढेर सुनाउनुभएको छ ।
मर्यादाक्रमअनुसार क्रमशः केपी शर्मा ओली (प्रधानमन्त्री), प्रकाशमान सिंह (उपप्रधान तथा शहरी विकासमन्त्री), विष्णुप्रसाद पौडेल (उपप्रधान तथा अर्थमन्त्री) पृथ्वीसुब्बा गुरुङ (सञ्चार तथा सूचना प्रविधिमन्त्री, रमेश लेखक (गृहमन्त्री), शरद्सिंह भण्डारी (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र आरजु राणा देउवा (परराष्ट्रमन्त्री), प्रदीप यादव (खानेपानी मन्त्री) हुनुहुन्छ ।
त्यसैगरी क्रमशः बलराम अधिकारी (भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री), दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री) नवलकिशोर शाह सुडी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री), देवेन्द्र दाहाल (भौतिक पूर्वाधार तथा यातायातमन्त्री) तेजुलाल चौधरी (युवा तथा खेलकुदमन्त्री) मर्यादाक्रममा रहनुभएको छ
मर्यादाक्रममा त्यसपछि बद्रीप्रसाद पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) अजयकुमार चौरसिया (कानुन, न्याय तथा संसदीय मामिलामन्त्री) , प्रदीप पौडेल (स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री), रामनाथ अधिकारी (कृषि तथा पशुपन्छी विकासमन्त्री), विद्या भट्टराई (शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री), मानवीर राई (रक्षामन्त्री), दीपक खड्का (ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री), राजकुमार गुप्ता (सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री) र ऐनबहादुर शाही ठकुरी (वन तथा वातावरण) रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी