
काठमाडौँ । सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदमा रहेका कैदीबन्दीसँग सोधपुछ गरेको छ । सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरूलाई आज सिंहदरबारमा बोलाएर आवश्यक सोधपुछ गरेको संसद् सचिवालयका उपसचिव नुमराज खनालले जानकारी दिनुभयो ।
सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य राजबहादुर सिंहलाई पनि सोधपुछ गरिएको र मङ्गलबार पनि अन्य सहकारीका अभियुक्तलाई बोलाएर सहकारी रकम अपचलनका विषयमा छानबिन गरिने उपसचिव खनालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै