
काठमाडौँ। यही साउन २३ गतेदेखि प्रारम्भ भएकोे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी छ ।
मङ्गलबारदेखि सङ्घीय संसद्का बैठक नियमित भएका र आगामी साता विभिन्न चाडपर्व भएकाले कांग्रेसले अर्काे बैठक आगामी भदौ ७ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको पार्टी कार्यालयले जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, डा गोपाल दहित, मधु आचार्य, उमेशजङ्ग रायमाझी, अर्जुनजङ्गबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रङ्गमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुँगटाले आआफ्नो धारणा राख्नुभएको थियो ।
त्यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकले पूर्वपार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता कोइरालाको जन्म विसं १९९६ साउन २८ गते भएको थियो ।
सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका अतुलनीय र अविस्मरणीय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै