
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज हालसम्मकै उच्च रकमको कारोबार भएको छ ।
केही दिनयता निरन्तर उच्च अंकले उकालो लागे नेप्से परिसूचकमा आज कारोबार २७ अर्ब रुपैयाँ नाघेको छ । परिसूचक आज ७० दशमलव ८१ अकंले बढेर २ हजार ९ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो ।
आज ३ सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता शेयर, २ लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कूल बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार ३ सय रुपैयाँ पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दजशमलव ८५ र वित्त समूह चार दशमलव ८१ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १ अर्ब २२ करोड ८० लाख ७२ हजार ४ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २६ लाख ६९ हजार ३ सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै