
काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छन् ।
फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पूरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए ।
विधाको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफा दोस्रो भइन् ।
केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन् । उनले त्यो दूरी दुई घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ ।
यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकबाट बाहिरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै