+

२२ हजारले वार्षिक बुझाएनन् कर

जनकपुरधाम ।  आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझएको कार्यालयबाट जानकरी प्राप्त भएको छ । कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिककर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ ।
 
यसैगरी,  पटकपटक ताकेता गर्दासम्म  राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक  फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा  १० करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिनुभयो । 
 
लामो समयदेखि  नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई  कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन् ।  
 
कार्यालयबाट उपलब्ध तथ्याङ्क विवरणमा त्यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको जनाएको छ । प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष ३ अर्ब ७० करोड रुपैयँँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३ अर्ब ४४ करोड रुपैयाँ सङ्कलन भएको थियो ।
 
गत आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ४६ करोड ६३ लाख रुयैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिनुभएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष सो कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरबापत रु एक अर्ब ४५ करोड ४७ लाख, घरभाडाबापत ६ करोड ३५ लाख ६६ हजार, ब्याजकर बापत   ११ करोड ११ लाख २२ हजार, मूल्यअभिवृद्धिकर बापत १ अर्ब ३० करोड १५ लाख  ५५ हजार, अन्तशुल्क बापत १ अर्व ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्यकर बापत  ११ लाख ३ हजार र शिक्षाकर बापत ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

प्राप्त विवरणमा गत आव ०८०/८१ मा आयकर बापत १ अर्ब १९ करोड  ३८ लाख ७१ हजार, घरभाडा बापत ३ करोड ५० लाख २२ हजार,  ब्याजकरबापत सात करोड २० लाख ७४ हजार, मूल्यअभिवृद्धिकर बापत  ९७ करोड ७८ लाख ६२ लाख, अन्तशुल्ककर बापत  एक अर्ब  ५४ करोड  ६६ लाख २१ हजार, स्वास्थ्यकरवापत   १५ लाख ३१ हजार, शिक्षाकर बापत  एक लाख ६८ हजार तथा अन्यकरबापत  १२ लाख २६ हजार गरी कूल ३ अर्ब ८२ करोड ८३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट