
काठमाडौँ । एक युवाले महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेर आत्म हत्या गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यले अस्पतालको ६ तलाबाट हाम्फालेका हुन् । आचार्यले अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेकोे प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीका अनुसार आचार्यको उपचारका क्रममा मृत्यु भएको हो ।
महाराजगञ्जका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केहीबेरमा हाम्फालेका पाइएको जानकारी दिनु भएको छ । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पाइएको प्रहरीले जनाएको छ ।
घटना दिउँसो ३ बजेतिर भएको र गम्भीर घाइते भएका उनको त्यही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्त समेत नभएको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै