
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा निकालिएको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरेपछि र्याली निकाल्ने समुह र प्रहरीबीच माइतीघरमा झडप भएको छ ।
माइतीघरबाट सुरु भएको र्याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो। झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतका युवालाई पक्राउ गरेको छ।
उनिहरुले ‘विद्युत प्राधिकरण डुबाउन पाइदैन, जनतालाई महंगीमार बिजुली चोरलाई कर छुट उपहार, अध्याँरो र उज्यालोको फरक छर्लङ्ग छ, ६४ अर्ब ६१ करोड नोक्सानीमा रहेको प्राधिकरण कुलमान आएयता ४७ अर्ब ४१ करोड सञ्चित नाफामा’लगायत विभिन्न नारा लेखेको ‘प्ले कार्ड’ बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै