
तनहुँ । ग्रिनिङ र सिट्रसरोगका कारण सुन्तलाका बिरुवा मर्न थालेपछि किसान चिन्तित भएका छन् । रोग लागेर सुन्तलाको बोट मर्नुका साथै उत्पादनमा ह्रास आउने भएपछि किसान निराश बनेका हुन् ।
कृषि ज्ञान केन्द्रका अनुसार यो रोग लागेपछि सुन्तलाको फेद कुहिने, बिरुवाको टुप्पोबाट मर्दै जाने, पात पहेँलो हुने र उत्पादनमा ह्रास आउनेलगायत समस्या देखापर्छ । व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्लागण्डकी र बन्दीपुर गाउँपालिका सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिट्रस सिल्लाका वयस्क र बच्चा दुवै अवस्थाका कीराले ग्रिनिङ रोग लागेका बिरुवाको पातबाट रस चुस्दछन् । उहाँले भन्नुभयो, “रोगी बोटबाट रस चुसेसँगै ग्रिनिङ रोग लगाउने ब्याक्टेरिया पनि कीराभित्र प्रवेश गर्दछ ।” रोगी बोटबाट ती कीराको माध्यमबाट क्रमशः बगैँचाभित्रका अन्य निरोगी बोटमा पनि रोग सार्ने काम गर्दछन् ।
आर्थिक वर्ष २०८०र८१ मा जिल्लामा एक हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । अहिले नौ सय ६० हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ । प्रतिहेक्टर बाह्र मेट्रिक टन सुन्तला उत्पादन क्षमता रहेको सो केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०८०र८१ मा ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा रु ३० करोड बढीको सुन्तला बिक्री भएको थियो ।
कार्यालयबाट सुन्तलाखेतीका लागि क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत अनुदान दिन थालेपछि बर्सेनि जिल्लामा सुन्तलाखेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । हाल आठवटा ब्लकमा सुन्तलाखेती हुदै आएको छ । ब्लक बन्नका लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान छ । उहाँले भन्नुभयो, “ब्लकमा सुन्तलाखेती गर्न चाहने किसानले व्यक्ति, समूह र सहकारीमार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै