
काठमाडौँ । मन्त्रिपरिषद् गठन तथा राजनीतिक नियुक्तिमा चरम उपेक्षा गरिएको भन्दै दलित समुदायका प्रतिनिधिहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । ‘दलितका लागि दलित अभियान नेपाल’ले उक्त विरोध कार्यक्रम गरेको हो । सरकारले दलित समुदायलाई महत्त्व नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
उनीहरूले ‘दलितलाई मन्त्री खै ?, दलितलाई कानुन खै ?, दलितलाई राजनीतिक नियुक्ति खै ? दलितलाई अधिकार खै ?’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे । साथै, उनीहरूले हातखुट्टामा जन्जिरसमेत लगाएर प्रदर्शन गरिरहेका थिए ।
वर्तमान मन्त्रिपरिषद्मा एक जना पनि पूर्ण विभागीय दलित मन्त्री छैनन् । यसको विरोध भएपछि कांग्रेसले १८ साउनमा समानुपातिक सांसद रूपा विकलाई राज्यमन्त्री बनाएको छ ।
दलितलाई पूर्ण विभागीय मन्त्री नदिएको भन्दै प्रतिनिधि सभामा पनि रास्वपा र राप्रपा लगायतका प्रतिपक्षी दलले समेत प्रश्न उठाइरहेका थिए । शुरूमा मन्त्रिपरिषद् विस्तार गर्दा एमालेबाट छविलाल विश्वकर्मा र कांग्रेसबाट जीवन परियारलाई मन्त्री बनाउने चर्चा भएपनि अन्तिममा कोही पनि परेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै