
झापा । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बङ्गलाबन्ध नाका खुलेकोे छ । नाका खुलाभएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।
पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ”
कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै