
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणमा भएको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
कार्यकारी निर्देशक घिसिङले शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसरमा प्राधिकरणले गरेका उपलब्धि सार्वजनिक गर्नुभएको हो ।
८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उहाँले जानकारी दिनुभएको छ । गत आर्थिक वर्ष २०८०र८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उहाँको भनाई छ । आव २०७३ र ७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो । उहाँले यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महशुल घटाइएको भन्दै प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिुभएको छ ।
अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन् । यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी निःशुल्क विद्युत् उपलब्ध गराइएको उहाँले सम्मेलनमा सुनाउनुभयो । सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको समेत कूलमानले उल्लेख गर्नुभयो ।
लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियत दिइएको समेत उहाँको भनाइ छ । कूलमानले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै