
नवलपरासी । नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा शुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् ।
वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहनुभएका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती सुरु गर्नुभएको छ । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थालेको उहाँले जानकारी दिनुभयो ।
सात रुपैयाँ लाखको लागतमा ६ कठ्ठा जग्गामा ३ सय पिल्लरमा १ हजार २ सय ड्रागनका बोट लगाएको बताउँदै शुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिनुभयो । यस वर्ष बजारीकरणमा कुनै समस्या आएन भने ७ लाख बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
जिल्लामा सातजना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका बताउनुभयो ।
बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौँ लगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै