+

काठमाडौँ महानगरपालिका छेउमा सडक भासियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका  कार्यालय छेउमै सडक भासिएको छ । 

महानगरको कार्यालय रहेको काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडकमा ठूलो भ्वाङ परेको हो । सडक भासिँदा रातिदेखि सवारी आवागमन प्रभावित भएको छ । 

काठमाडौँ प्लाजा हुँदै दरबारमार्गतर्फ जाने सडक भासिएको हो  । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै त्यो सडकमा सवारी आवागमन बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट