+

नेप्से उकालो यात्रामा

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ७० अंकले उकालो लागेर २ हजार ७ सय ६६ दशमलव ३८ मा पुगेको छ । 

बिहीबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले उकालो लागेर ४ सय ८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ६ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ७ उपसमूहको शेयर मूल्यमा भने कमी भएको छ ।

नेप्सेका अनुसार, ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता शेयर, २० अर्ब ७ करोड ४ लाख ३४ हजार १ सय ३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सका अनुसार विभिन्न ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।

एनआरएन इन्फास्ट्रक्चर ८ दशमलव शुन्य चार,सानिमा बैंकको ऋणपत्र सात दशमलव ६९,आरम्भ चौतारी लघुवित्त ४ दशमलव ९३,रुरु जलविद्युत् परियोजना ४ दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ४ दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट