
नवलपुर । नवलपुर दूध उत्पादनमा आत्मनिर्भर भएको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रीका लागि जिल्ला बाहिर पठाउन थालिएको छ ।
उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपुर ३ वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले बताउनुभयो । ‘विश्व स्वास्थ्य सङ्गठनले विकास उन्मुख राष्ट्रमा एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जनाका लागि १ सय ४६ लिटर दूध पुग्ने गरी उत्पादन भइरहेको छ’ उहाँले भन्नुभयो– ‘आर्थिक वर्ष २०८० र ८१ मा नवलपुरमा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई आधार मान्दा एक जनालाई १ सय ४६ लिटर दूध पुग्ने देखिन्छ ।’
गत आवमा जिल्लामा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३६ हजार सात सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । भैँसीको दूध १८ हजार तीन सय ७५ मेट्रिक टन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा खपत भएर बाँकी दूध काठमाडौँ, पोखरा र चितवन बिक्रिका लागि पठाउने गरिएको प्रमुख गुरागाईँले जानकारी दिनुभएको छ । दूध उत्पादनमा जिल्ला आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षलाई तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।
‘आव २०७८ र ७९ मा ६१ हजार ६ सय ६४ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७९र८० मा थप वृद्धि भई ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको छ”, प्रमुख गुरागाइँले भन्नुभयो– ‘आव २०८०र८१ मा विगतको तुलनामा उत्पादन घटेर ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको छ ।’ गत वर्ष पशुमा फैलिएको लम्पी स्किन, आर्थिक मन्दी, पशु आहाराको मूल्यवृद्धि, दूध बिक्रीको अस्थिर बजार र बजारीकरण पूर्वाधारको अभावले दूध उत्पादनमा कमी आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुमान छ ।
आव २०७९ र ८० को तुलनामा गत आवमा गाईभैँसी फार्म र गाईभैँसीको संख्या समेत जिल्लामा मात्रामा घटेको छ । आव २०७९÷८० मा गाई फार्म ५ सय ९८ र भैँसी फार्म ७५ गरी कूल ६ सय ७३ वटा फार्म रहेकामा गत आव २०८० र ८१ मा गाई फार्म ४ सय ७३ र भैँसी फार्म ४७ गरी कूल ५ सय २० वटा फार्म सञ्चालनमा छन् । अघिल्लो वर्षको तुलनामा जिल्लामा १ सय ५३ वटा फार्मको सङ्ख्या घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै