
पर्वत। पर्वतमा गत आर्थिक वर्षमा ५५ वटा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिएका छन् । पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सात पालिकामा गरी ५५ पूर्वाधारका योजना सम्पन्न गरेको जनाएको छ ।
कार्यालय प्रमुख अशोक नेपालीले बजेट विनियोजन भएका ५६ योजनामध्ये एक योजना ढिला सम्झौता भई काम सम्पन्न हुन नसकेको जानकारी दिनुभयो । उहाँकानुसार गत आवमा मात्रै ३१ स्थानमा गरी छ किलोमिटर तीन सय १९ मिटर लामो पदमार्ग निर्माण गरिएको छ ।
यसैगरी १९ वटा धार्मिक पर्यटकीयस्थलमा मर्मतसम्भार, पुनःनिर्माण तथा नयाँ संरचना, तीन वटा पार्क र दुई सामुदायिक प्राकृतिक संरचना निर्माण गरिएको पनि कार्यलयले जनाएको छ । कुश्मा नगरपालिकामा २८, फलेवासमा आठ, मोदी गाउँपालिकामा आठ, पैँयूमा चार, जलजलामा चार, विहादीमा दुई र महाशिला गाउँपालिकामा दुई स्थानमा पूर्वाधार बनाइएको तथ्याङ्क छ ।
पूर्वाधार निर्माणका लागि गत आवमा रु तीन करोड ९० लाख विनियोजन भएको थियो । जसमध्ये रु तीन करोड ५९ लाख १० हजार खर्च भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिनुभयो ।
यहाँ पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रङरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माणलगायत संरचना मर्मत तथा निर्माणमा जोड दिइएको छ ।
कार्यालयले गत आव २०८०/८१ मा ९७ दशमलव ७७ प्रतिशत भौतिक र वित्तीय प्रगति ८७ प्रतिशत रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै