
काठमाडौँ । बुधबार दिउँसो नुवाकोटमा दुर्घटनामा परेको एयर डाइनेष्टीको ९ एन–एजेडी हेलिकप्टर र त्यसलाई उडाएका क्याप्टेन यसअघि पनि दुर्घटनामा परेको खुलेको छ ।
एयर डाइनेष्टीको ९ एन–एजेडी हेलिकप्टर यसअघि २०७९ चैत २९ गतेमा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा अवतरणका दुर्घटनामा परेको थियो । हेलिकप्टर त्यस बेला ह्याम्सबाट चिकित्सक लिएर बिरामी लिनका लागि भरतपुर जान लाग्दा दुर्घटना भएको हो । त्यो बेला भएको दुर्घटनामा मानवीय क्षति भएन तर हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो ।
यस्तै आज भएको दुर्घटनामा जीवन गुमाएका क्याप्टेन अरुण मल्ल यसअघि पनि हेलिकप्टर दुर्घटनामा पर्नुभएको थियो । तर त्यसबेला उहाँ सकुशल रहन सफल हुनुभएको थियो ।
२०७० असोज १० गते काठमाडौँबाट सोलुखुम्बुको लागि उडेको एयर डायनेष्टीको ९ एन–एइएक्स ९ एएस–३५०० हेलिकोप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो । त्यो हेलिकप्टर त्यस बेला हेलिप्याडमा अवतरणको क्रममा पल्टिएर दुर्घटना भएको हो ।
त्यो दुर्घटनामा हेलिकप्टरमा सवार २ जना घाइते भएका थिए । त्यस बेला हेलिकप्टर उडाएका क्याप्टेन मल्ल र अर्का यात्रु सोनाम छिरिङ सेर्पा भने सकुशल रहनु भएको थियो । । त्यो दुर्छटनामा सकुशल रहनु भएका क्याप्टेन मल्ल यस पटक भने जोगिनु भएन ।
बुधबार भएको दुर्घटना क्याप्टेन मल्लसहित हेलिकप्टर मा सवार पाँचै जनाको जीवन गुमेको छ । । दुर्घटनामा क्याप्टेन मल्लसहित चिनियाँ नागरिकहरु यी याद वु, जुदाड टाङ, जी ली र जेमिङ सीको मृत्यु भएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै