
काठमाडौँ । मङ्गलबार ह्वात्तै घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अंकले सुधार देखिएको छ ।
नेप्से परिसूचक १ सय ८ दशमलव ३५ अंकले बढेर २ हजार ७ सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो । आज नेप्से परिसूचक ४ दशमलव ०८ प्रतिशतले बढेको हो ।
आज ३ सय ३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता शेयर, २ लाख १२ हजार ६ सय ८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ३२, विकास बैंक ४ दशमलव ५१, वित्त ७ दशमलव ६३, होटल तथा पर्यटन पाँच दशमलव १३, जलविद्युत् पाँच दशमलव ७२, लगानी ३ दशमलव ८९ र जीवन बीमा ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन तीन दशमलव ५३, लघुवित्त दुई दशमलव १७, म्युचुअल फन्ड एक दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ०८ र व्यापार समूह पाँच दशमलव ५३ प्रतिशतले बढेको छ ।
आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २ सय ३९ कम्पनीको शेयर मूल्य बढ्दा ३ वटा कम्पनीको मात्रै घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स््योरेन्स लिमिटेडको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४ सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै