
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको खेल हेर्ने कार्यक्रम हेलिकोप्टर दुर्घटनाको कारण रद्ध भएको छ ।
प्रधानमन्त्री ओली आज बेलुकी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न योजना बनाउनुभएको थियो । नेपाल र भारतको फाइनल खेल आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ५ बजेदेखि शुरु हुँदैछ । प्रधानमन्त्री ओलीले कभर्डहल पुगेरै खेल हेर्न योजना बनाउनुभएको हो । प्रधानमन्त्रीको सचिवालयले आजको कार्यक्रम सूचीमा बेलुकी ५ बजे खेल हेर्ने तय गरेको थियो ।
तर आजै काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीतर्फ उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले खेल हेर्ने कार्यक्रम रद्ध गर्नुभएको हो । हेलिकप्टर दुर्घटनामा नेपाली क्याप्टेन र ४ जना चिनियाँ नागरिकले जीवन गुमाएका छन् । प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
दुर्घटनाबारे छलफल र निर्णय गर्न केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै