+

नेपाली क्याप्टेन र चार चिनियाँ नागरिकले जीवन गुमाए

काठमाडौँ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीतर्फ उडेको एयर डाइनेस्टीको हेलिकप्टर  दुर्घटनामा नेपाली क्याप्टेन र ४ जना चिनियाँ नागरिकले जीवन गुमाएका छन् ।  

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा जीवन गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको हो।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले  क्याप्टेन के मल्ल र चिनियाँ नागरिकहरु जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सीको मृत्यु भएको जानकारी दिनुभएको छ । 

डीआईजी केसीका अनुसार दुर्घटनामा जीवन गुमाएकाहरुको शव घटनास्थलबाट निकालिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट