+

काठमाडौँबाट स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर बेपत्ता

काठमाडौँ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर बेपत्ता भएको छ ।  एयर डाइनेस्टीको दर्ता नम्बर (एन एजेडी)  हेलिकप्टर बेपत्ता भएको हो ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौँबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कविहीन भएको हो । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको स्थानीयले बताएको जानकारी दिनुभएको छ । 

 प्रमुख जिल्ला अधिकारीका अनुसार स्थानीयले हेलिकप्टर देखिएको भनेपछि त्यसतर्फ  अहिले प्रहरी परिचालन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट