+

मधेसमा २० सदस्यीय मन्त्रीपरिषद् !

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २० सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन गर्नुभएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरेसंगै मन्त्रिपरिषद् २० सदस्यीय बनेको हो । सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१ राज्यमन्त्री नियुक्त हुनुभएको छ । 

कांग्रेससबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त हुनुभएको छ । एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुले मंगलबार नै शपथ लिएका छन् ।

योसँगै मधेश सरकारको मन्त्रिपरिषद् हालसम्मकै ठूलो आकार २० सदस्य बनेको छ । यसरी जम्बो मन्त्रीपरिषद् गठन गरेसंगै सामाजिक संजालमा यसको चर्को आलोचना भएको छ भने  कतिपय मन्त्रालयमा स्वयं मन्त्रीहरुलाई बस्ने कुर्सीको समेत अभाव भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट