
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ ।
नेप्से परिसूचक मंगलबार १ सय ४५ दशमलव शून्य ५ अंकले ओरालो लागेर २ हजार ६ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा कमी आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अंकले ओरालो लागेर ४ सय ६४ दशमलव ५६ मा सीमित भएको छ ।
मंगलबार कूल ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर, २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँमा कारोबार भएको छ । नेप्सेका अनुसार घटेकोे बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । कुर्थली बुखरी स्मल हाइड्रोपावर ९ दशमलव ९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो ३ दशमलव ९४, मेघा म्युचुअल फण्ड पहिलो ३ दशमलव ८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स,गुर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै