
काठमाडौँ । प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गरेकी छन् ।
देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएर देश छाडेकी हुन् । प्रधानमन्त्री हसिना भारत पुगेपनि उतैबाट बेलायत जान लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने र अन्तरिम सरकार गठनको तयारी समेत भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बङ्गलादेशमा आइतबारदेखि पुनः सुरु भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ । आरक्षणको विषयलाई लिएरगत गत महिना सुरु भएको प्रदर्शनमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।
हिन्डन एयरबेसमा शेख हसिनाको अवतरण
एएनआईका अनुसार, बङ्गलादेशकी प्रधानमन्त्री हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा अवतरण गरेकी छन् ।
विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् ।
भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।
यद्यपि हसिना दिल्लीमा बस्छिन् वा अन्यत्र जान्छिन भन्ने स्पष्ट छैन । बङ्गलादेशका मिडिया आउटलेटहरूले उनी लन्डन जान सक्ने अनुमान गरेका छन् ।
स्रोतहरूका अनुसार बङ्गलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै