
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेश सभामा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिएका छन् ।
कुल ४० सदस्यीय प्रदेश सभामा सोमबार ३७ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३ र विपक्षमा १४ मत परेको छ । प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा एमालेका १० र नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् ।कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा पर्नुभएको छ । । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकरएक र स्वतन्त्र एक सांसद छन् । सोमबारको बैठकमा राप्रपा सांसद सन्तोषी शाही भने मतदानमा सहभागी हुनुभएन ।
माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिएनन् । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै