
ललितपुर। वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ । वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरू भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा आज जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो ।
हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने प्रचलन छ ।
बाह्र वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने प्रचलन भए पनि अन्य वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले जनाउनुभयो ।
आज राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतले भोटोजात्रा अवलोकन गर्नुभएको थियो ।
राष्ट्रपति राम्रचन्द्र पौडेल, प्रधामन्त्री ओलीलगायतलाई ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायतले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति र प्रधानमन्त्रीलगायत शीर्ष व्यक्तिहरूले अवलोकन गरेको जात्रामा गुठी संस्थानका कर्मचारीहरूले भोटो देखाउनुभएको थियो । जावलाखेलमा भोटो देखाएपछि यो वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ । रातो मच्छिन्द्रनाथको रथ जात्रा काठमाडौँ उपत्यकाकै लामो जात्रा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै