
पर्वत । पर्वतको जलजला गाउँपालिका–७ स्थित मिलन चोक–सल्यान–घायखेत–धारापानी सडक कालोपत्र भएको तीन महिनामै भत्किएको छ ।
कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र भएको तीन महिना नपुग्दै सडक भत्किएको जलजला गाउँपालिका–७ धाइरिङका वडाअध्यक्ष टुङ्गनाथ आचार्यले जानकारी दिनुभयो । सडक योजनाअन्तर्गत सल्यान पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्र सडक भत्किएको उहाँले बताउनुभयो ।
निर्माण व्यवसायीको लापरबाहीका कारण सडक भत्किएको उहाँको भनाइ । “सडक कालोपत्र भएको तीन महिना नहुँदै भत्किएको छ । यहाँ सल्ल्यान टाकुरालगायत स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्र सडक भत्किएको छ”, वडाध्यक्ष आचार्यले भन्नुभयो ।
उक्त सडक गत जेठमा कालोपत्र गरिएको हो । निर्माण व्यवासायीले जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटोमाथि ग्याविन जाली भरेर त्यसमाथि कालोपत्र गर्दा जनप्रतिनिधि र स्थानीयवासीले पटक–पटक ध्यानाकर्ष गराउँदासमेत बेवास्ता गरेकाले हाल समस्या भएको वडाअध्यक्ष आचार्यको जिकिर छ ।
मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्ने मिलन चोकदेखि ठोट्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एन्ड थोकर प्रालिले ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण गत मङ्सिरदेखि काम सुरू भएको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो । गत आर्थिक वर्षमा पहिलो चरणमा मिलन चोकदेखि सल्ल्यानसम्म करिब चार किलोमिटर सडक कालोपत्र गरिएको छ ।
दुई वर्षमा सम्पन्न हुनुपर्ने सडक पाँच वर्षपछि कालोपत्र गरिए पनि तीन महिना नटिक्दै भत्किएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय पर्वतका इन्जिनियर जिता गिरीले कमजोर भूभागमा पहिरो गएका कारण सडक भत्किएको बताउनुभयो । उहाँले निर्माण व्यावसायीले पुनर्निर्माण गरेर पहिलेकै अवस्थामा ल्याएपछि मात्र अन्तिम भुक्तानी प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य पदम गिरी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीयवासीले भत्किएको सडकको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा पूर्वमन्त्री गिरीले सडक निर्माण गर्दा व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायको गम्भीर लापरबाही देखिएकाले यसलाई पुनःनिर्माणका लागि दबाब दिने बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै