
ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती तोक्पेगोलामा पर्यटन तथा चौरी महोत्सव हुनेभएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साउन २५ गतेदेखि २८ गतेसम्म हुने महोत्सवमा खेलकुदका कार्यक्रमसँगै याक, चौरी लगायतको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
आज सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा खुला वडास्तरीय भलिबल प्रतियोगिता, हाफ खुला म्याराथन प्रतियोगिता तथा महोत्सव अवधिभर स्थानीय समुदायका संस्कार, संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम हुने प्रचारप्रसार संयोजक नुपु छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
खुला वडास्तरीय भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११, द्वितीयलाई ७१ हजार १ सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र दिइने महोत्सवका आर्थिक समिति संयोजक प्रताप साँवा लिम्बूले जानकारी दिनुभएको छ । उहाँकानुसार प्रथम पुरस्कारको सौजन्य न्यूयोर्कमा रहनुभएका रेडपाण्डा होटल सञ्चालक सन्तोष शेर्पाले गर्नुभएको छ छ । द्वितीय पुरस्कारको सौजन्य हिमालयन कन्ट्रक्सन प्रालिका ईन्द्र केदेमले गर्नुभएको छ ।
खुला हाफ म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमश ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ । प्यारासोतर्फ प्रथमलाई १५ हजार र दोस्रोलाई १० हजार रुपेयाासहित प्रमाणपत्र दिइने छ ।
करिब ३ हजार ७ सय मिटरको उचाइमा पर्ने तोक्पेगोलामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पछिल्ला केही वर्षदेखि विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन् । प्राकृतिक रूपमा रमणीय तोक्पेगोला आसपासमा सोदुसहित दर्जनौँ पोखरी रहेका छन् ।
शेर्पा समुदायको बाहुल्यता रहेको यस बस्तीमा पछिल्लो समय आन्तरिक पर्यटकीय गतिविधि पनि बढ्दै गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै