
पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।
आव २०७९ र ८० मा वीरगञ्ज नाका प्रयोगगरी ३३ अर्ब १३ करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा ३० अर्ब रुपैयाको २ लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार ११ हजार २ सय ३८ मेट्रिकटन कम ग्यास अयात भएको हो ।
भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोडको ५ लाख ९७ हजार एक सय ४४ किलोलिटर (केल) हवाई इन्धन आयात भएकामा गत आवमा १८ अर्ब २१ करोडको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ ।
सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताउनुभयो । वीरगञ्ज नाकाबाट आव २०७९र८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उहाँले जानकारी दिनुभयो ।
आव २०७९र८० मा एक खर्ब १३ अर्ब ५८ करोड रुपैयाँको १० लाख ४० हजार पाँच सय छ केल डिजल र ३८ अर्ब २४ करोड रुपैयाँको तीन लाख ८९ हजार सात सय ११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा एक खर्ब ९ अर्ब २९ करोड रुपैयाँको १० लाख ८३ हजार पाँच सय २० केल डिजल र ३९ अर्ब दुई करोड रुपैयाँको तीन लाख ९४ हजार सात सय २३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै