+

अटोमा सवार दुई जनालाई खोलाले बगायो

तुलसीपुर। दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । आज साँझ ७ः३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।  

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट