+

पर्सामा साना उद्योग दर्ता घट्यो

पर्सा । पर्सामा ३ वर्षयता घरेलु  तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो ३ वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ । 

गत आर्थिक वर्षमा आठ सय ९७  घरेलु तथा साना उद्योग नयाँ थपिएका छन् । जबकि  आव २०७९ र ८० मा भने यहाँ १ हजार ८९ उद्योग दर्ता भएका थिए । त्यस्तै, आव २०७८ र ७९ मा भने १ हजार ४ सय ८८ वटा उद्योग दर्ता भएका थिए ।  घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालु आवमा नयाँ उद्योग दर्ता हुनेको सङ्ख्यामा केही कमी आएको बताउनुभयो ।

‘गत आर्थिक वर्षमा बैङ्कमा तरलता धेरै बढ्यो तर कुनै पनि उद्योगीरव्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन् । जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो’ उहाँले भन्नुभयो– ‘समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन् ।’

आव २०७९र८० को तुलनामा आव २०८० र ८१ मा नयाँ उद्योग दर्ता सङ्ख्या एक सय ९२ वटाले घटेको छ । कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्फ  छुट्टाछुटै १ सय ७९ नयाँ उद्योग दर्ता भएका छन् । निर्माणतर्फ एक सय एक एक नयाँ उद्योग दर्ता भएका छन् । 

पर्यटनतर्फ ८०, सेवातर्फ तीन सय ५८ वटा नयाँ उद्योग थपिएका छन् । गत आवमा ऊर्जामुलुक, सूचना तथा सञ्चार र खनिजतर्फ भने कुनै पनि उद्योग दर्ता भएनन् । गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालु पुँजी भने १ अर्ब ५ करोड ९८ लाख ७हजार ४ सय ५४ रुपैयाँ रहेको छ । गत आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार चार सय ५५ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ ।

कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्फ भने पाँच सय ११ वटा नयाँ पसल दर्ता भएका छन् । विसं २०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्फ दर्ता हुने पसलहरु पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्था अनुसार ती  थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट