+

कर्णालीमा ३११ सहकारी, पुँजी १५ अर्ब

कर्णाली ।  सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका ३ सय ११ सहकारीको पुँजी  १५ अर्ब रुपैयाँ पुगेको छ ।

दश जिल्ला तथा दुई भन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर संचालित सहकारीको पुँजी  १५ अर्ब  रुपैयाँ रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिनुभएको छ । ती सहकारीको शेयर पुँजी १ अर्ब ७५ करोड ३८ लाख ३३ हजार १ सय ४२ रुपैयाँ हुँदा बचत ८ अर्ब १९ करोड ४४ लाख ९३ हजार ६ सय ३२ रुपैयाँ छ ।  ११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार ९ सय ४० रुपैयाँ ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा  ७१ करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको उहाँले बताउनुभयो । 

रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका १ हजार  ५ सय जनशक्तिले रोजगारी प्राप्त गरेको जनाउनुभयो । कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका १ सय २, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका ५ सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उहाँले जनाउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट