+

नवलपुरका अधिकांश स्थानमा रोपाइँ सकियो

नवलपुर । नवलपुरका अधिकांश खेतमा रोपाइँ सकिएको छ ।  जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।   

नवलपुरको १८ हजार ७ सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार ४ सय ५ हेक्टरमा रोपाइँ सकिएको छ । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा पनि रोपाइँ सकिएको छ ।  बौदीकाली र बुलिङटार गाउँपालिकामा केही स्थानमा रोपाइँ बाँकी छ ।
 
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार जिल्लाको कुल खेतीयोग्य ६१ हजार ३ सय हेक्टरमध्ये ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध  छभने ४५ प्रतिशत जमिनमा अकासे खेती गर्नुपर्ने बाध्यता छ । 

नवलपुरमा मनसुली, सावित्री, अनदी, झिनुवा लगायत हाइब्रिड जातका धान रोपिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट