+

५.२९ अंकले घट्यो नेप्से, ५ कम्पनीमा सर्किट

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएदेखि लगातार उकालो लागिरहेको नेप्से परिसूचक आज भने  घटेको छ । नेप्से परिसूचक बिहीबार ५ दशमलव २९ अंकले ओरालो लागेर २ हजार ७ सय ५५ दशमलव ६२ मा अडिएको छ । 

आज ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव २९ अंकले ओरालो लागेर ४ सय ९२ दशमलव ७५ मा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता शेयर,  २१ अर्ब ७१ करोड ३४ लाख ३१  हजार ७ रुपैयाँमा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।  ६ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् ।

पिपल्स हाइड्रोपावर ९ दशमलव १३, प्रभु बैङ्कको ऋणपत्र ८ दशमलव ६५, रसुवागढी हाइड्रोपावर ७ दशमलव शून्य ९, अप्पर सोलु हाइड्रोपावर ६ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५५ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट