
नेपालगञ्ज। नेपालगञ्जमा आज भएको वर्षाले यहाँका विभिन्न स्थान जलमग्न भएका छन् ।
उपमहानगरपालिकाको घरबारी टोल, सदरलाइन, भेरी अस्पताल लाइन, न्युरोड, सेतु विक चोक, रामलीला मैदानलगायत क्षेत्रमा पानीको निकास नहुँदा जलमग्न भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । ती स्थान जलमग्न हुँदा पैदलयात्रीलाई आवतजावत गर्न कठिनाइ हुनुका साथै सवारीसाधनलाई समेत आवतजावत गर्न कठिनाइ भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले नरैनापुर गाउँपालिका–६ को दोन्द्रा खोलामा फसेका तीन जनालाई उद्धार गरिएको जानकारी दिनुभयो ।
“खोल तर्न खोज्दा उहाँहरू त्यही फसेपछि हामीले उद्धार गरेका हौँ”, उहाँले भन्नुभयो । प्रहरी नायब उपरीक्षक डाँगीले फसेका तीन जनामध्ये दुई जनालाई सामान्य चोट लागेको उल्लेख गर्दै स्थानीय मेडिकलमा उपचार भइरहेको बताउनुभयो । स्थानीय ५० वर्षीय कूलबहादुर थारु, पर्शुराम मौर्य र पर्शुराम यादवलाई प्रहरीले उद्धार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै