+

डुबान अपडेट : काठमाडौँ उपत्यकामा ७० जनाको उद्धार

काठमाडौँ ।  काठमाडौँ उपत्यकाका ३ जिल्लाबाट बाढी र डुबानमा परेका ७० जनाको  उद्धार गरिएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ ।  कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष ८  महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ । 

भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्धार भएको मैनालीले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो । 

प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट ७ सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरिएको छ । मंगलबार रातिको भारी वर्षाले उपत्यकाका खोला तथा नदीमा बहाब बढ्दा किनार क्षेत्र डुबानमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट