
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ ।
आज नेप्से परिसूचक ६४ दशमलव २५ अंकले बढेर २ हजार ७ सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकको वृद्धिसँगै आज शेयर बजारमा . २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो । यस अघि विसं २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।
आज ३ सय ३२ कम्पनीको ५ करोड ९ लाख कित्ता शेयर, २ लाख ३८ हजार २ सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँ पुगेको हो ।
आज कारोबारमा आएका कम्पनीमध्ये एक ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन र– इन्स््योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको ८४ करोडको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै