
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई केन्द्रीय सदस्य छान्न सकस भएको छ । केन्द्रीय सदस्य बन्नको लागि कसरत गरिरहेकाहरुका आकांक्षीहरुको संख्या पार्टी विधानले व्यवस्था गरे भन्दा पनि बढी भएपछि एकीकृत समाजवादीलाई टुंग्याउन मुश्किल परेको हो ।
एकीकृत समाजवादीको विधानमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवासहित ३ सय २९ जना केन्द्रीय सदस्य बनाइने उल्लेख छ । एक महिना अघि सम्पन्न महाधिवेनले ९३ जना केन्द्रीय सदस्य, अध्यक्ष, सम्मानित नेता र महासचिव मात्रै घोषणा गरेको छ । विधानले व्यवस्था गरे अनुसार अब २ सय ६ जना केन्द्रीय सदस्य थप्नुपर्ने छ । केन्द्रीय सदस्य नटुंग्याउँदा एकीकृत समाजवादीले पोलिटब्यूरो, स्थायी समिति र केन्द्रीय पदाधिकारी समेत चयन गर्न सकिरहेको छैन । एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी १९ जनाको हुने बनाइएको छ । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई दोहोर्याएको छ । उपाध्यक्ष, उमहासचिव र सचिव लगायत पद भने छिनोफानो गर्न बाँकी छ ।
केन्द्रीय सदस्य टुंग्याउनेबारे एकीकृत समाजवादीमा बुधबार पनि छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको बैठकमा समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल गरिएको हो । ।
बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयबारे गृहकार्यका ३ सदस्यी कार्यदल गठन बनाएको छ । कार्यदलमा अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भूसाल रहनुभएको छ ।
कार्यदलको गृहकार्यपछि अर्को बैठक साउन १८ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा सहभागी नेताहरुका अनुसार अब बस्ने बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुङ्गो लगाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै