
पर्सा । अधिकांश सरकारी कार्यालयले खानेपानी महशुल नतिरेको पाइएको छ ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८० र ८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महशुल बक्यौता १२ करोड ३३ लाख ५७ हजार ५ सय १८ रुपैयाँ पुगेको छ ।
सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महशुल भुक्तानी नगर्दा बक्यौता रकम वर्षेनी वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम ३ करोड ९८ लाख ९७ हजार ७ सय ४८ रुपैयाँ रहेको छ । निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम ८ करोड ३४ लाख ५९ हजार ६ सय ७० रुपैयाँ बक्यौता कायमै छ ।
कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौँदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महशुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताउनुभयो । ‘सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोडभन्दा बढी छ’ उहाँले भन्नुभयो– ‘निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि ४ करोड रुपैयाँ हाराहारीमा छ ।’
कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता १ करोड ८४ लाख ७८ हजार ९सय ७० रुपैयाँ छ । वीरगञ्ज महानगरपालिका र त्यस मातहतका वडा कार्यालयको बक्यौता १ करोड रुपैयाँ भन्दा बढी छ । ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार ४ सय १७ रुपैयाँ छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार ४ सय ४७ रुपैयाँ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महशुल ३ महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताउनुभयो । ‘खानेपानीको महशुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ ।’
कार्यालयका अनुसार आव २०८०र ८१ को असार मसान्तसम्मको अवधिमा यस कार्यालय मातहत ११ हजार १ सय ३९ घरपरिवारमा खानेपानी लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै